थप समाचारशनिबार, माघ २४, २०७१
४२ किलो चाँदी सहित दुईजना पक्राउ
वीरगञ्जको इनर्वा नाकाबाट प्रहरीले ४२ किलो ८ सय ग्राम अवैध चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ४२ किलो ८ सय ग्राम चाँदीसहित भारत रक्सौलको नागारोड निवासी ३५ वर्षिय प्रभुकुमार सर्राफ र
वीरगन्ज १५ मुर्ली निवासी १६ वर्षिय उमेशसाह सर्राफसँगै चाँदी छुटाउन घुस रकम दिन खोज्ने वीरगञ्ज ८ कुम्हालटोल निवासी ३५ वर्षिय राजु भन्ने शम्भु साह सोनारलाई पनि पक्राउ गरेको छ ।
शम्भुले प्रहरीलाइ घुस दिन भनेर ल्याएको १ लाख ४५ हजार रुपैया पनि बरामद गरिएको प्रहरी नायव उपरिक्षक यादव घर्तीले जानकारी दिए ।
पक्राउ परेको चाँदी छुटाउन घुसको रकम लिएर आएका शम्भुलाइ पनि गएराति नै पक्राउ गरिएको उनले बताए ।
चाँदी र घुसको रकम सहित पक्राउ परेका तीनै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक घर्तीले जानकारी दिए ।
बिम्मी शर्मा, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
