Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
न्यू होराइजनले जित्यो एसपीए कप - Himalkhabar.com

खेलकुदशनिबार, माघ २४, २०७१

न्यू होराइजनले जित्यो एसपीए कप

हिमालखबर

कैलालीमा सम्पन्न एसपीए कप क्रिकेटको उपाधि न्यू होराइजन कलेज भैरहवाले जितेको छ ।

२४ माघमा भएको फाइनल खेलमा न्यू होराइजन भैरहवाले भैरहवाकै सनसाइन कलेजलाई ७ रनले पराजित गर्दै उपाधिसहित रु. ५ लाख हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । सोमपाल कामीले तीन चौका र दुई छक्काको मद्दतले ४० रन बनाए ।

सन्दिप सुनारले २१ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३४, निर्मल थापाले २६, शौरभ खनालले २४ र प्रकाश केसीले २३ रन बनाए ।

सनसाइनलका दीपेन्द्र यादवले २ विकेट लिए । मनबहादुर थापा, सुवोध श्रीनिवास र शवन अलीले समान १-१ विकेट लिए ।

१७२ रनको विजयी लक्ष्यसाथ मैदान उत्रिएको सनसाइन १९.५ ओभरमा १६४ रन बनाएर अलआउट भयो ।

सनसाइनका लागि सुबोधले ४६, मायंक यादवले ४४ र अन्तिम थापाले ३७ रन बनाएका थिए ।

न्यू होराइजनलाई उपाधि दिलाउने क्रममा शक्ति गौचन र शौरभ खनालले समान ३-३ विकेट लिए । सोमपाल कामी र सुसन भारीले एक-एक विकेट लिए । शौरभ म्यान अफ दि म्याच बने भने शौरभ खनाल प्लेयर अफ दि सिरिज घोषित भए ।

कैलाली बहुमुखी क्याम्पसका विपिन रावल राइजिङ प्लेयर, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विनोद लामा उत्कृष्ट फिल्डर, पेन्टागनका राहुल विक उत्कृष्ट बलर तथा सुनराइजका अमृत श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।
दीर्घराज उपाध्याय, कैलाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>