थप समाचारशनिबार, माघ २४, २०७१
सर्वाधिक बढी मूल्यको पेन्टिङ्- करिब रु. ३० अर्ब
फ्रान्सेली कलाकार गगाङले बनाएको पेन्टिङ अहिलेसम्मकै उच्च मूल्य ३० करोड डलर (करिब रु. ३० अर्ब ) मा विक्री भएको छ ।
दुई ताहिशियाई युवतीको आकृति रहेको ‘बिहे कहिले गर्ने ?’ शिर्षकको उक्त पेन्टिङ गगाङले सन् १९८२ मा बनाएका हुन् ।
यो अहिलेसम्मकै महंगो कलाकृति भएको छ । पेन्टिङ स्विस नागरिक रुडोल्फ स्टेचिनले विक्री गरेका हुन् । खरिदकर्ताका बारेमा आधिकारिक रुपमा केही नभनिए पनि कतारको संग्राहलयले उक्त पेन्टिङ खरिद गरेको बुझिएको छ ।
पल सेजानले बनाएको पछिल्लो सबैभन्दा महंगो पेन्टिङ (करिब रु. २५ अर्ब ) पनि कतारकै संग्राहलयले किनेको थियो ।
बीबीसीबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
