थप समाचारआइतबार, माघ २५, २०७१
जनजाति महासंघद्धारा ४० कम्लहरीलाई छात्रवृत्ति
नेपाल आदिवासी जनजाति महासंघले दाङका ४० जना मुक्त कम्लहरीलाई छात्रवृत्ति रकम सहयोग गरेको छ । महासंघले २४ माघमा घोराहीमा कार्यक्रम गरेर विपन्न परिवारका ४० जना कम्लहरीलाई छात्रवृत्ति रकम प्रदान गरेको हो ।
सहयोग रकम जनही रु.५ हजार छ । महासंघका महासचिव पेम्बा गुरुङ भोटेले मुक्त कम्लहरीलाई सानो रकमबाट सहयोग शुरु गरेको बताए ।
देविका घर्ती मगर, दाङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
