थप समाचारआइतबार, माघ २५, २०७१

दिल्लीमा केजरीवालको सरकार बन्नेः एग्जिट पोल

हिमालखबर

kejariwalभारतको नयाँ दिल्लीमा २४ माघमा सम्पन्न विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले बहुमत हासिल गर्ने निर्वाचनलगत्तै गरिएका सर्वेक्षणहरुले देखाएका छन् ।

केन्द्रीय निर्वाचनबाट देशभरकै ठूलो पार्टी बनेको भारतीय जनता पार्टीको अति आत्मविश्वासले गर्दा उसले दोस्रो स्थानमै चित्त बुझाउनु पर्ने अवस्था आएको विश्लेषकहरुले बताएका छन् ।

दिल्लीमा अहिलेसम्म भएका विधानसभा निर्वाचनमा यसपटक सबैभन्दा बढी ६७.०८ प्रतिशत मतदान भएको छ भने दुई दल आम आदमी पार्टी र भाजपा बीच कडा प्रतिस्पर्धा छ ।

Untitled-1.inddभारतीय जनता पार्टीले ‘एग्जिट पोल’ मा पूर्ण भरोषा गर्न नसकिने बताए पनि आम आदमी पार्टीले पछिल्लो निर्वाचनमा भन्दा मत प्रतिशत बढाउने निश्चित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एकातिर ठूलो जनाधार भएको बीजेपी र अर्को तिर एकदमै नयाँ पार्टी आम आदमी बीच राजधानी दिल्लीमा भएको प्रतिस्पर्धामा निकै रुचिपूर्ण मानिएको छ ।

अहिलेसम्मका ‘एग्जिट पोल’को परिणाममा कांग्रेस पार्टीको मत प्रतिशत निकै घट्ने देखिएको छ ।

दिल्ली विधानसभाका ७० सिटका लागि २४ माघमा भएको निर्वाचनको परिणाम २७ माघमा आउनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>