अर्थ/बजारआइतबार, माघ २५, २०७१

अाइपुग्यो नयाँ विमान एयरबस-३२०

हिमालखबर

नेपाल एयरलाइन्सको नयाँ एयरबस–३२० विमान काठमाडौं आइपुगेको छ ।

airbusफ्रान्सेली कम्पनी एयरबससँग नेपाल एयरलाईन्सले खरिद गरेको विमान ९ एन–एकेडब्ल्यूआई २५ माघ अपराह्न करिब सवा चार बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

नयाँ विमान अवतरण हुँदै गर्दा पण्डितहरुले स्वस्ती वाचन गरे भने विमानलाई  पञ्चकन्याको स्वागत साथै पूजाआजा गरिएको छ ।

नयाँ विमान आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुने भएको छ। अबको दुई महिनामा अर्को विमान पनि आइपुग्ने निगमले जनाएको छ।

निगम व्यवस्थापनले १६४ सिट क्षमताको विमान करिब रु ७ अर्ब २० करोडमा खरिद गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...