थप समाचारमंगलबार, माघ २७, २०७१

दिल्लीमा ‘मफलर म्यान’ को उदय

हिमालखबर

kejariwalभारतको दिल्ली विधानसभा निर्वाचनमा ‘मफलर म्यान’ भनेर चिनिने अरविन्द केजरीवाल फेरि उदाएका छन् ।

दिल्ली विधानसभाका सबै ७० स्थानमध्ये  अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)  ले ६४ स्थानमा विजयी भएको  छ भने बाँकी ३ स्थानमा पनि अगाडि छ । भारतीय जनता पार्टी (बिजेपी) ३ स्थानमा विजयी भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको विकासमा केजरीवाललाई सहयोग गर्ने भन्दै चियाको निम्तो दिएका छन् ।

केजरीवालले दिल्लीमा निर्वाचन घोषण हुनु अघिदेखि नै बिजेपीमाथि दबाब बनाउँदै आएका थिए । अहिलेसम्मको मतगणनाबाट उत्साहित केजरीवालले दिल्लीमा अनपेक्षित सफलता पाएको बताएकाछन् ।

आपले दिल्लीमा पानी, विजुली, ग्याँस जस्ता सबै वर्गलाई दैनिक आवश्यक वस्तु सस्तो दाममा उपलब्ध गराउने, भ्रष्टाचारमा शून्य सहनशिलता, गरिब र साना कारोबारीका पक्षमा काम गर्ने र दिल्लीको तिव्र विकास जस्ता वाचा गरेको थियो ।

इन्जिनियरिङ अध्ययन, कर विभागको सरकारी जागिर छोडेर भ्रष्टाचार विरोधी र अधिकारकर्मी कर्ममा उत्रिएका केजरीवाल अन्ना हजारेसँग भ्रष्टाचार विरोधी कानून बनाउने अभियानमा उत्रेपछि चर्चामा आएका हुन् । निर्वाचन मतगणनामा आफ्नो पार्टी निकै अघिदेखिएपछि उनले हजारेलाई फोन गरेर आशिर्वाद मागेका छन् ।

आपले गरीब, साना कारोबारीका पक्षमा लबिङ गरे पनि भ्रष्टाचार विरोधि अभियान र सवै बर्गलाई समेट्दै दिल्लीको विकास गर्ने नाराले उसका पक्षमा लहर ल्याएको हो ।

राष्ट्रिय निर्वाचनमा बिजेपीले गरेको मिडिया क्याम्पेन बारे राम्रै चाल पाएका केजरीवालले विधान सभा निर्वाचन घोषणा हुनु अघिदेखि नै आइआइटी मुम्बाईमा रहेका आफ्ना समर्थकहरुलाई दिल्ली निर्वाचन सन्दर्भमा सोशल मिडिया रिसर्च गर्न लगाएका थिए । जसबाट उनलाई दिल्लीको जनसंख्या कुन मुद्दामा कुरा गर्न चाहन्छ भन्ने थाहा भयो र त्यसै अनुसार आफ्नो क्याम्पेन अगाडि बढाए ।

सोशल मिडिया, फोन, पत्र, एसएमएस र कार्यकर्ता मार्फत दिल्लीका घरघरमा पुगेको आप आर्थिक पारदर्शितामा अव्वल देखियो ।

अहिलेसम्मको मतगणना परिणाम अनुसार दिल्लीमा केजरीवालले अत्यधिक बहुमत सहित सरकार बनाउने निश्चित जस्तै छ ।

यसैबीच दिल्लीको बदरपुर निर्वाचन क्षेत्रबाट आपका उम्मेदवार नारायणदत्तले ६० हजार मतान्तरले जितेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>