थप समाचारमंगलबार, माघ २७, २०७१
दाहालले भने अनुसार वार्ताकाे अाह्वान गरेकाे हुँ: प्रम
प्रधानमन्त्री सुशील काेइरालाले एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहालले भनेअनुसार नै वार्ताका लागि सार्वजनिक अाह्वान गरेकाे बताएका छन् ।
नेपाल मजदुर किसान पार्टीका सभासद् प्रेम सुवालसहितका प्रतिनिधिले संविधान निर्माणका अन्तरवस्तुमा सहमतिका लागि प्रस्तुत गरेको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले अव अापसी सहमति र समझदारीमा नै संविधान बनाउँनुपर्ने बताए ।
प्रधानमन्त्री कोइरालाले संविधान निर्माण सहमतिमै होस् भनेर आफूले अन्तिम समयसम्म प्रयास गरेको बताउँदै एकापसमा बनिसकेको समझदारी केही नेताहरुको अनावश्यक हठले अन्तिम समयमा बिग्रन गएको पनि स्मरण गराए ।
उनले भने, “आपसी सहमति र समझदारीमा नै संविधान निर्माण होस भनेर आफू ‘गेट क्र्यास’ गरेर एमाओवादी नेता पुष्पकमल दाहालको घरसम्म पुगे र उहाँहरुकै आग्रहअनुसार वार्ताको लागि सार्वजनिक आह्वान गरेको छु ।”
प्रधानमन्त्री कोइरालाले सबै दलहरु देश र जनताप्रति जिम्मेवार बन्नुपर्ने बताए ।