अर्थ/बजारमंगलबार, माघ २७, २०७१
बिनोद चौधरी झनै धनी, १५९ स्थानमाथि उक्लिए
नेपालको एक मात्र अर्वपति विनोद चौधरी संसारका धनीहरुको सूचीमा अझै माथि उक्लिएका छन् ।
उनी अघिल्लो बर्ष भन्दा १५९ औं स्थान माथि उक्लिएका हुन् । विश्वचर्चित पत्रिका ‘फोब्र्स’ले सार्वजनिक गरेको सूचीमा चौधरी १३०६ औं स्थानमा छन् ।
यसअघि उनी १४६५ औं स्थानमा थिए । उनको सम्पत्ति एक अर्व ३० करोड अमेरिकी डलर पुगेको छ ।
अघिल्लो बर्ष उनको सम्पत्ति एक अर्व १० करोड अमेरिकी डलर थियो । चौधरीको वाईवाई चाउचाउ विश्वबजारमा विक्री भइरहेको छ भने नेपालमा नोवेल बैंकलगायतमा लगानी छ ।
विभिन्न देशहरुमा होटल सञ्चालन गरेका चौधरीले आफ्ना छोराहरुलाई पनि आफ्नै व्यवसायमा संलग्न गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
