रमझमबुधबार, माघ २८, २०७१
अमेरिकी र्याम्पमा नेपाली अपला
काठमाडौं, पुरानोबानेश्वरकी अपला उपाध्याय उच्च शिक्षाका लागि ६ वर्षअघि अमेरिकाको बाल्टिमोर पुगिन्।
स्नातकतह अध्ययनकै क्रममा उनले नेपाली समुदायद्वारा आयोजित मिस एएनए फेसन एक्ट्रा भेगेन्जामा भाग मात्र लिइनन् उपाधि नै जितिन्। त्यसयता अपलाको ध्यान मोडलिङतर्फ मोडियो।
सन् २०१२ मा उनी नेपाली समुदायबीचको ‘मिस बाल्टिमोर २०१२’ चुनिइन् भने मेरिल्याण्ड एकेडेमी अफ कल्चर आर्टस्बाट सर्वोत्कृष्ट मोडल।
यसबीचमा अपलाले दर्जनौं र्याम्प नापिसकेकी छिन्। सन् २०१२ मा उनी चार्म सिटी फेसन शो र हार्वर इष्ट फेसन शो मा पनि सहभागी भइन्। बाल्टिमोर फेसन एलायन्स फेसन नाइट २०१३ मा त उनी ‘इमर्जिङ मोडल अफ दि इयर’ उपाधिका लागि मनोनीत भइन्।
महत्वाकांक्षा र सफलताले उनलाई प्रतिष्ठित मोडल र कलाकार सहभागी राइजिङ स्टार फर नाटालिन्स फेसन शो, टे्रड फेसन शो, बाल्टिमोर कन्ट्री क्लब होलिडे फेसन शो, एचआईभी एड्स अवेरनेस फेसन शो जस्ता चर्चित स्टेजमा पुर्यायो। अमेरिकी गायक काल्भिन डी टुकरको हालै सार्वजनिक ‘पेसेन्ट्ली वेटिङ’ गीतको भिडियोमा समेत देखिएकी छिन्।
एमबीए अध्ययनसँगै लस एन्जल्स बसाइँ सरेकी अपलाको लक्ष्य भनेको अन्तर्राष्ट्रिय मोडलका रुपमा स्थापित हुने हो। विश्वभरका प्रतिभा थुप्रिने अमेरिकामा जम्न निकै मिहिनेत गर्नुपर्छ भन्ने बुझेकी उनी भन्छिन्, “मसँग मिहिनेत, धैर्य र अठोट छ। सपना पूरा भएरै छाड्नेछ।”
ङिमा पाखि्रन, अमेरिका
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
