थप समाचारबिहीबार, माघ २९, २०७१
सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) संयुक्त गस्ती सुरु गरेको छ ।
२९ माघमा कञ्चनपुरका दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–५ भुराकोटस्थित पिलर नं. १०८ देखि बेलौरी नगरपालिका–१० स्थित पिलर नं. १३५ सम्म संयुक्त गस्ती गरेको हो ।
महिनामा तीन पटक संयुक्त गस्ती गर्ने तालिका अनुसार गस्ती गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेलौरी पोस्टका सशस्त्र प्रहरी निरीक्षक गजेन्द्र बहादुर चन्दले बताए ।
नेपालको तर्फबाट सशस्त्र प्रहरी निरीक्षक चन्दको नेतृत्वमा ९ जना र एसएसबीको शारादापुरी पोस्टका इन्चार्ज सब इन्स्पेक्टर गणेश चक्रवतीको नेतृत्वमा ९ जनाको टोलीले संयुक्त गस्ती गरेको हो ।
सीमा स्तम्भहरुको सुरक्षा, सीमामा हुने अपारधिक गतिविध नियन्त्रणका लागि संयुक्त गस्ती सुरु गरिएको जनाएको छ ।
बच्चु विक, कञ्चनपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>