Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कुस्ती 'क्रेज' (तस्वीर सहीत) - Himalkhabar.com

खेलकुदबिहीबार, माघ २९, २०७१

कुस्ती ‘क्रेज’ (तस्वीर सहीत)

हिमालखबर

-दीपक ज्ञवाली

पहलवान केशवदास र भारतका कर०ा सिंह । तस्वीर: दीपक ज्ञवाली

पहलवान केशवदास र भारतका करण सिंह । तस्वीर: दीपक ज्ञवाली

क्रिकेट, फूटबल लगायतका खेलप्रतिको आकर्षण बढिरहँदा पनि तराईका नवलपरासी, कपिलवस्तु, रुपन्देही, बारा र पर्सामा भने परम्परागत खेल कुस्तीको ‘क्रेज’ घटेको छैन ।

१६–१८ माघमा नवलपरासीमा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली खेलाडी केशवदास नागाबाबाले सबैभन्दा धेरै रु.१ लाख २५ हजारको विशेष पुरस्कार जिते।

k2

तस्वीर: दीपक ज्ञवाली

उनले प्रतियोगितामा सहभागी नेपाल र भारतका २२० जनालाई चुनौती दिएका थिए। चुनौती स्वीकार्दै महाराष्ट्रका करण सिंह भिडेका थिए। तर, सिंह पाँच मिनेटमै पराजित भए।

हाल भारतको अयोध्या बस्दै आएका नागाबाबा नवलपरासीका हुन्। प्रतियोगिताको नियमिततर्फको पुरस्कार भने भारतीयहरूकै पोल्टामा पर्‍यो ।

 तस्वीर: दीपक ज्ञवाली

तस्वीर: दीपक ज्ञवाली

शरीरलाई हतियार मानेर खेलिने कुस्तीमा महिलाको पनि उल्लेख्य सहभागिता देखियो। ४० जना प्रतिस्पर्धीमध्ये भारत, हरियाणाकी पुनम सिंह प्रथम भइन्।

कुस्ती हेर्न भारतबाट समेत गरी ६० हजार दर्शक ओइरिए। प्रतियोगिता आयोजना गर्न रु.१० लाख खर्च भएको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता विराट बंगल नेपालका संयोजक रामभवन यादव बताउँछन्।

नवलपरासीमा दशैंको दुर्गा पूजाका दिन अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता हुँदै आएको छ। त्यसबाहेक औद्योगिक, व्यापारिक, सांस्कृतिक र कृषि मेलामा समेत कुस्तीलाई समावेश गर्न थालिएको छ।

k5

तस्वीर: दीपक ज्ञवाली

भर्खरै भैरहवामा सम्पन्न व्यापार मेलामा कुस्ती प्रतियोगितालाई विशेष महत्व दिइएको थियो।

मेला संयोजक तथा उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष विष्णु शर्मा दर्शकको मागलाई ध्यानमा राख्दै मेलामा कुस्ती समावेश गरिएको बताउँछन्।

“तराईमा कुस्ती ‘ब्रान्ड’ बन्दै गएको छ”, उनी भन्छन्। कुस्तीप्रेमी रामकर्ण यादव जिल्लामा कुस्ती उत्सवकै रुपमा लिने गरिएको बताउँछन्।

 तस्वीर: दीपक ज्ञवाली

तस्वीर: दीपक ज्ञवाली

प्रतियोगिताका संयोजक रामभवन युवालाई स्वस्थ र सकारात्मक बनाउन कुस्ती खेल उपयोगी भएको बताउँछन्। “त्यसैले प्रतियोगिताको नारा नै ‘लागूपदार्थ त्यागौं, कुस्तीमा लागौं’ राखिएको हो”, उनी भन्छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>