Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इनरुवामा एकै परिवारका तीनजनाको मानव कङ्काल फेला - Himalkhabar.com

थप समाचारशनिबार, फाल्गुण २, २०७१

इनरुवामा एकै परिवारका तीनजनाको मानव कङ्काल फेला

हिमालखबर

सुनसरीको सदरमुकाम इनरुवा–७ स्थित सियाराम यादवको घरमा १ फागुनमा तीनजनाको मानव कङ्काल फेला परेको छ ।

हत्या गरेर गाडिएको अवस्थामा यादवको घरको छेउमा तीनजनाको कङ्काल फेला परेको हो ।

सप्तरीको जंडौलका ५० वर्षीय इद्रिस नट मियाँ, उनकी श्रीमती ४५ वर्षीया जैतुन खातुन र छोरी १७ वर्षीया सेरुन खातुनको हत्या गरेर गाडिएको अवस्थामा कङ्काल फेला परेको हो ।

नटका छोरी ज्वाइँ सकिल अन्सारीले केही सहयोगीलाई ल्याएर इनरुवाका सियाराम यादवको घरमा डेरामा बस्दै आएको अवस्थामा पाँच कट्ठा जग्गाको विषयमा विवाद भएपछि मार्ने र गाड्ने धम्की दिएको केही समयपछि तीनै जना एकाएक बेपत्ता भएको र खोज्दै जाँदा कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अहिले कङ्काल फेला परेका तीनै जना २०७० साल पुसको दोस्रो सातादेखि बेपत्ता भएको मृतककी माइली छोरी सैरु खातुनको दाबी छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>