Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गाउँ पस्यो ‘भ्यालेनटाईन डे’ - Himalkhabar.com

थप समाचारशनिबार, फाल्गुण २, २०७१

गाउँ पस्यो ‘भ्यालेनटाईन डे’

हिमालखबर

v

लमजुङको घलेगाउँमा भ्यालेन्टाइन डे मनाउन पुगेको जोडी ।

-युवराज श्रेष्ठ, लमजुङ
युवा–युवती विच लोकप्रिय भ्यालेनटाईन डे अर्थात प्रणय दिवस अब शहर बजारमा मात्र सिमित रहेन । एक दशक अघिसम्म काठमाडौंको एउटा बर्गमा मात्रै सीमित भ्यालेन्टाइन डे अब गाउँगाउँमा पुगेको छ ।

लमजुङको पुरानकोट गाविसकी अनिसा गुरुङ भ्यालेनटाईन डेको अवसरमा आफ्ना प्रिय विशाल गुरुङसँग रमाउँदै छन् । गाउँ नजिकै चलेको सुन्दरबजार महोत्सवले उनीहरुलाई भेट्न र एक अर्का प्रति माया साट्न सजिलो बनायो ।

प्रेम दिवस पहिलो पटक मनाउँदै गरेको यो जोडीले भन्यो, “हाम्रो माया कहिल्यै नमरोस् ।” उनीहरूले अघिल्लो दिन फेसबुकमा कुरा गरेर आजको भेटघाट तय गरेका थिए ।

भ्यालेनटाइन डे मनाउन सुन्दरबजारका मिलन गुरुङ आफ्ना प्रेमिका भूमिकासँगै घलेगाउँ पुगे । “पहिले ‘भ्यालेन्टाईन डे’ सुनिन्थ्यो मात्र, अहिले आफैँ मनाउँदैछौँ,” प्रेमिकालाई अंगाल्दै मिलनले भने ।

valentine-rosesव्यवसायीका लागि पनि अन्य पर्व जस्तै उपयुक्त अवसर बनेको छ । लमजुङको बेसीशहरका होटलहरु युवा–युवतीले भरिभराउ छन् । होटेलहरुमा ‘भ्यालेनटाईन डे विशेष छुट’ समेत दिइएको होटल टुकुचे पिकका रामकुमार श्रेष्ठ बताउँछन् ।

प्रणय दिवसको अवसरमा सबै भन्दा बढी त फूलकै व्यवसाय भएको छ । तिहारपछि भ्यालेन्टाइन डेमा फूल सबै भन्दा बढी बिक्री भएको शुभकामना व्युटी पार्लरकी बबिता पियाले बताईन् । उनले आजमात्रै ६ हजार रुपैयाँको फूल बेचेकी छन् ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>