खेलकुदशनिबार, फाल्गुण २, २०७१

विश्वकप क्रिकेटः दुवै घरेलु टीमको विजयी शुरूवात

हिमालखबर

England v Australia - 2015 ICC Cricket World Cupघरेलु टोली न्युजिल्यान्ड र अष्ट्रेलियाले आफ्नो पहिलो खेलबाटै विजयी शुरुवात गरेका छन् ।

नेपाली समय अनुसार २ फागुन विहान भएको उद्घाटन खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ९८ रनले हरायो भने अर्को खेलमा अष्ट्रेलियाले इग्ंल्याण्डलाई एक सय ११ रनले पराजित गर्‍यो ।

न्युजिल्यान्डले पहिले ब्याटिङ गरेर ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ३१ रन बनाएको थियो । लक्ष्य पच्छ्याएको श्रीलंका ४६.१ ओभरमा २३३ रनमा अलआउट भयो ।

त्यस्तै अष्ट्रेलियाले दिएको तीन सय ४३ रनको चुनौती पच्छ्याएको इंल्याण्ड दुई सय ३१ रनमै सीमित भयोे । अष्ट्रेलियाले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३४२ रन बनाएको थियो । इंल्याण्ड ४१.५ ओभरमै अलआउट भयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...