थप समाचारआइतबार, फाल्गुण ३, २०७१

एमाओवादीले शान्तिसम्झौताको पालना गरेन: उपप्रधानमन्त्री सिंह

हिमालखबर

Prakash Manउपप्रधानमन्त्री प्रकाशमान सिंहले विस्तृत शान्ति सम्झौताको एमाओवादीले उल्लंघन गरिरहको आरोप लगाएका छन् ।

शान्ति सम्झौताको मुख्य पाटो संविधान निर्माण गर्नु रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले एमाओवादीले सडकबाट संविधान बनाउँछु भन्नु गैरजिम्मेवारीपूर्ण रहेको बताए ।

उनले भने, “सरकारले शान्तिसम्झौता पालना गरेन भन्दै आरोप लगाइरहने एमाओवादीले चाहीं पालना गरेको छ ? सम्झौताको कुन चाहीं बुँदामा संविधानसभा छोडेर आन्दोलन गर्ने उल्लेख छ ? समानान्तर सरकार बनाउँछौं भन्नु शान्ति सम्झौताको पालना हो ?”

३ फागनुमा स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानसभा निर्वाचनमा भाग पनि लिने, नियमावली पनि बनाउने तर संविधान निर्माणमा सहयोग नगर्ने एमाओवादीका कारण संविधान बन्न नसकेको दाबी गरे ।

कार्यकर्तालाई सम्बोधन गर्नुअघि उनले विकास निर्माणलगायतका काम छिटो, छरितो र पारदर्शी रुपमा गर्न गराउन स्थानीय कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>