खेलकुदआइतबार, फाल्गुण ३, २०७१

भारतद्वारा पाकिस्तान ७६ रनले पराजित

हिमालखबर

India v Pakistan - 2015 ICC Cricket World Cup

तस्वीर साभार: cricinfo

जारी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ७६ रनले हराएको छ ।

अष्ट्रेलियामा ३ फागुनमा भएको खेलमा भारतले पाकिस्तानलाई ३०१ रनको लक्ष्य दिएको थियो । पहिले ब्याटिङ गरेको भारतका तर्फबाट विराट कोहलीले १०७ र शिखर धवनले ७३ रनको योगदान दिए ।

पाकिस्तानले ४७ ओभरमा सबै विकेट गुमाउँदै २२४ रनमात्रै जोड्न सक्यो । पाकिस्तानका कप्तान मिस्बाह उल हक ७६ रन बनाएर आउट भए ।

India v Pakistan - 2015 ICC Cricket World Cup

तस्वीर साभार: cricinfo

भारत र पाकिस्तान अहिलेसम्म पाँच वटा विश्वकपमा भिडेका छन् भने नतिजा भारतकै पक्षमा रहेको छ । तर, विश्वकप बाहिर भएका १२६ खेलहरुमा पाकिस्तानले ७२ खेल जितेको छ भने भारतले ५० वटामात्रै ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...