अर्थ/बजारआइतबार, फाल्गुण ३, २०७१

अन्तर्राष्ट्रिय ट्रेड युनियनकाे उपाध्यक्षमा नेपालका पुण्य ढकाल

हिमालखबर

निर्वाचित कार्य समिति एमाले मुख्यालयमा ।

निर्वाचित कार्य समिति एमाले मुख्यालयमा ।

विश्व ट्रेड युनियन महासङ्घ आबद्ध सार्वजनिक सेवा क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय ट्रेड युनियनको बाह्रौँ सम्मेलनले पोर्चुगलका अर्तुर सेक्वेराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

पेसागत सुरक्षा र सुनिश्चितताको मागसहित १ र २ फागुनमा नेपालमा भएको उक्त सम्मेलनले महासचिवमा इटालीका पियरपाउलो लियोनार्दी र उपमहासचिवमा भारतका ए श्रीकुमारलाई चयन गरेको छ ।

यस्तै, उपाध्यक्षमा एसियाका तर्फबाट नेपालका पुण्यप्रसाद ढकाल, अफ्रिकाका तर्फबाट दक्षिण अफ्रिकाका ज्वानडिल माइकल मेक्वायिबा, ल्याटिन अमेरिकाका तर्फबाट बाज्रिलका वाग्नर रोड्रिगुयज र क्यारेबियन मिडिल इस्टका तर्फबाट इजिप्टका एडेल नाज्मी अली हसन चुनिएका छन् ।

सङ्गठनको निर्देशकीय समितिमा सुडानका इल्रासिड खिडर अब्देलहमिद, ग्रीसका बबिस भोर्तेलिनोस, अल्जेरियाका टोउरिया हामोउ, भारतका एम कृष्णा र पी अभिमन्यु, श्रीलङ्काका महिन्दा जयसिंगे), युक्रेनका सोबोलेभ अनाटोली, बहराइनका अहमद इसा अल्कुवाइती, इजिप्टका महमूद बिलाल, पेरुका पर्पेटुआ दिओनिसिया मेजिया चेवारिया, गावोनका इम्यानुयल एमभिइ छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...