थप समाचारसोमबार, फाल्गुण ४, २०७१

नागरिकताभन्दा दोब्बर राहदानी वितरण

हिमालखबर

mustangमुस्ताङमा नेपाली नागरिकता प्रमाणपत्र भन्दा दोब्बर राहदानी वितरण हुने गरेको छ ।

पछिल्लो छ महिनाको अवधिमा नागरिकताभन्दा राहदानी बढी वितरण भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार, साउनदेखि माघ मसान्तसम्म ४७९ वटा राहदानी र २६० वटा नागरिकताको प्रमाणपत्र जारी भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले विदेश जाने परम्पराका कारण राहदानी बढी वितरण भएको बताए ।

उनका अनुसार, साउनमा ६६, भदौमा ८५, असोजमा ७५, कात्तिकमा ८०, मङ्सिरमा ८५, पुसमा ४७ र माघमा ४१ वटा राहदानी जारी भएको छ ।

त्यस्तै, साउनमा ४६, भदौमा ४८, असोजमा २५, कात्तिकमा ५०, मङ्सिरमा ५५, पुसमा १७ र माघमा १९ वटा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । करिब १२ हजार जनसङ्ख्या रहेको जिल्लामा नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि निकाल्ने बढी देखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>