थप समाचारसोमबार, फाल्गुण ४, २०७१
कलैयाको जनजीवन सामान्य, सिमरामा आन्दोलन
मालपोत, नापी र भूमिसुधार कार्यालय सिमरमा खोल्ने निर्णय सरकारले फिर्ता लिएपछि ७ दिनदेखि बन्द कलैया बजार खुलेको छ ।
बारा सदरमुकाममा भइरहेको हडताल, आन्दालोन रोकिएपछि जनजीवन सामान्य भएको छ, सदरमुकाममा मानिसहरुको चहल पहल बढेकोे छ, पसल, उद्योग, सार्वजनिक सवारीका साधनहरु सुचारु भएका छन् ।
कलैया र आसपासका निजी तथा सरकारी विद्यालयहरुमा अध्ययन–अध्यापन शुरु भएको छ ।
सरकारले बारकै सिमरामा पनि मालपोत, भूमिसुधार र नापी कार्यालय स्थापना गर्नेै निर्णय गरेपछि त्यसको विरोधमा कलैयाबासी आन्दोलनमा उत्रिएका थिए ।
उता सिमरामा भने सरकारी कार्यालय स्थापना नहुने भएपछि दिउँसो १ बजे देखि ३ बजेसम्म राजमार्ग अवरोध गरी आन्दोलन शुरु भएको छ ।
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>