Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाली कन्सुलेटको अमेरिकामा घर दैलो सेवा - Himalkhabar.com

थप समाचारसोमबार, फाल्गुण ४, २०७१

नेपाली कन्सुलेटको अमेरिकामा घर दैलो सेवा

हिमालखबर

photo 2अमेरिकाको न्यूयोर्ककस्थित नेपाली कन्सुलेटले अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको घरदैलोमै पुगेर एमआरपी (मेसिन रिडेबल पासपोर्ट) वितरण र नविकरणका लागि फारम संकलन सेवा शुरु गरेको छ ।

कन्सुलेटले नेपालीहरुको अधिक बसोबास भएको न्यूयोर्कको क्वीन्समा पुगेर यस्तो सेवा प्रदान गर्दा उपभोक्तालाई धेरै राहत मिलेको क्वीन्सवासीहरुले बताएका छन् । नेपाल अमेरिका पत्रकार संघ, नेजासँगको सहकार्यमा कन्सुलेटले पहिलो पटक यसरी फारम संकलन तथा एमआरपी वितरण गरेको हो ।

कामको व्यस्तताका कारण एमआरपी लिन वा नविकरणका लागि फारम बुझाउन कन्सुलेटको कार्यालय पुग्न नसकेका सेवाग्राहीले घरदैलोमै सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । कन्सुलेटका सन्ध्या पराजुलीका अनुसार एक दिनमा करिब २० जनाले यस्तो  सेवा लिए ।

अप्रवासीहरुको अधिकारको लागि कार्यरत स्थानीय संस्था अधिकारले अब हरेक महिना यस्तो सेवा सुचारु राख्न कन्सुलेटलाई सहयोग गर्ने जनाएको छ ।

नेपालीहरुको बाक्लो बसोबास रहेका अन्य शहरहरुमा पनि यस्तो सेवा विस्तार गरिने कन्सुलेटका उपबाणिज्य दुत प्रवीण भट्टराइले जानकारी दिएका छन् ।
ङिमा पाख्रिन, न्यूयोर्क

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>