Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एपिएफबाट ब्याडमिन्टन १२ फागुनदेखि, पुरस्कार राशि वृद्धि - Himalkhabar.com

खेलकुदसोमबार, फाल्गुण ४, २०७१

एपिएफबाट ब्याडमिन्टन १२ फागुनदेखि, पुरस्कार राशि वृद्धि

हिमालखबर

badmintonसशस्त्र प्रहरी बलले पूर्वप्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठका नाममा हरेक वर्ष गर्ने कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार रकमको राशि रु ६ लाख २० हजार पुर्‍याएको छ ।

अघिल्लो वर्ष रु पाँच लाख १५ हजार मात्र रहेको पुरस्कार राशी ६ लाख पुर्याषइएको एपिएफ केन्द्रीय खेलकुद समितिका अध्यक्ष अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बताए । यस वर्ष हुने एघारौँ व्याडमिन्टन प्रतियोगिता १२ फागुनदेखि १७ सम्म हलचोक मैदानमा सञ्चालन हुने र त्यसमा पुरुष तथा महिला गरी ११ खेलमा प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।

विभिन्न खेलमा प्रथम स्थान हासिल गर्नेलाई रु २५ हजारदेखि रु ६० हजार, द्वितीयलाई रु १५ हजारदेखि रु ३० हजार र तृतीय तथा क्वार्टरफाइनललाई रु १० हजारदेखि २५ हजार पुरस्कार रकमको व्यवस्था गरिएको छ ।

एपिएफले दक्षिण एशियाली खेलकुदमा स्वर्ण विजेतालाई रु एक लाख, रजत विजेतालाई रु ५० हजार र कास्य विजेतालाई रु २५ हजार दिने घोषणा गरेको छ ।
त्यस्तै एशियाली खेलकुदमा स्वर्ण विजेतालाई रु १० लाख, रजत विजेतालाई रु ५ लाख र कास्य विजेतालाई रु २ लाखका साथै ओलम्पिकमा स्वर्ण विजेतालाई रु २५ लाख, रजतलाई रु १५ लाख र कास्यलाई रु १० लाख प्रोत्साहनस्वरुप दिइने नीति लिएको जनाइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>