थप समाचारसोमबार, फाल्गुण ४, २०७१

स्कूलको निर्वाचनमा भोट हाल्ने अधिकार माग्दै पनरावेदनमा रीट दायर

हिमालखबर

-सुरजकुमार भुजेल, मकवापुर

makहेटौंडा–८, का एक अभिभावकले स्थानीय चन्द्रोदय उच्च माविको व्यवस्थापन समितिमा भोट हाल्ने अधिकारको माग गर्दै पुनरावेदन अदालत हेटैडामा रीट दायर गरेका छन् ।

विद्यालयकी छात्रा रीता ढुंगानाको काका अर्जुन ढंगानाले रीट दर्ता गरेका हुन् । उनले रीताको बावु कृष्णको निधनपछि आफुले नै रेखदेख गर्दै पढाइरहेकाले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा भोट हाल्ने अधिकार दिनुपर्ने माग राखेका छन् ।

अर्जुनले दाजुका चार वटै छोरीलाई उक्त विद्यालयमा पढाउदै आएका छन् । तर, उनलाई समितिको निर्वाचनमा भोट हाल्न दिइएको थिएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...