Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हाँस्दा हाँस्दै 'यसीगागा' - Himalkhabar.com

रमझममंगलबार, फाल्गुण ५, २०७१

हाँस्दा हाँस्दै ‘यसीगागा’

हिमालखबर

yashiआफैंमाथि ठट्टा गर्न भिडियो बनाउन थालेकी यसी डोल्मा लामाको ‘यसीगागा’ ले युट्युब मार्फत हजारौं हँसाइरहेको छ।

युट्युबमा कमेडी हेर्नेले ‘यसीगागा’ लाई याद गरेको हुनुपर्छ। च्यानलमा एउटी युवती जुँगा र गालामा कोठी टाँसेर शिक्षकको अभिनय गरिरहेकी हुन्छिन्। एकैछिनमा उनी विद्यार्थी बन्छिन्। नेता अनि पत्रकारको रुपमा देखा पर्छिन्। यो च्यानलका २२ हजार सबस्क्राइबर्स र ३२ लाखभन्दा बढी दर्शक छन्।

अचम्म त के छ भने अनलाइन दर्शकले ‘यसीगागा’ किन मन पराइरहेका छन् भन्ने कुरा स्वयं तिनै युवती यसी डोल्मा लामालाई समेत थाहा छैन।

“हरेक दिन मलाई हेर्नेहरू बढिरहेका छन्”, यसी भन्छिन्, “तर, कसले मलाई हेरिरा’छ? किन हेरिरा’छ? बुझ्न सकेकी छैन।”

यसीबारे दुई वटा कुरा धेरैलाई थाहा नहुन सक्छ, एउटा त यी नेपाली चेली जर्मनीमा बसेर भिडियो बनाइरहेकी छन्, अर्कोचाहिं उनी हास्यकलाकार डोल्मा ह्योल्मोकी छोरी हुन्। तर, उनी युट्युब कलाकार हुनुमा आमाको सोझो भूमिका भने छैन।

आमा डोल्मासँगै यशी

आमा डोल्मासँगै यशी

वास्तविकता के थियो भने यसीलाई आमा डोल्माको अभिनय साह्रै फन्टुस लाग्थ्यो। त्यसमाथि सुटिङबाट गलेर घर फर्केकी आमाको अनुहार हेर्दा त उनमा कलाकार बन्ने सोचाइ नै हराउँथ्यो। तर, उनी जब जर्मनी टेकिन्, जापानी मूलका अमेरिकी कमेडियन निगाहिगाको शोले उनको सोचाइ नै फेरिदियो। “साथीहरूसँग मिलेर काम गरौं भनें तर, बेइज्जत हुन्छ भन्दै कसैले मानेनन्। अनि एक्लैले आँटे”, जर्मनीबाट उनी भन्छिन्।

दुई वटा बाल्टिन खप्ट्याएर बनाइएको ट्राइपोडमाथि क्यामेरा अड्याएर खिचिएको यसीको पहिलो कमेडी भिडियो ‘सर एण्ड स्टुडन्ट’ सन् २०११ मा सार्वजनिक भयो। त्यही भिडियोमा उनले अनुहारमा जुँगा र कोठी टाँसेकी छन्। कान्छी छोरीको अनौठो रूप देख्दा शुरुमा त कलाकार आमा डोल्मालाई विश्वासै भएन। किनकि आमालाई कुनै दिन छोरीले आफ्नो पदचाप पछ्याउलिन् भन्ने लागेकै थिएन। “पहिला आमा देखेर म हाँस्थें। पछि, मलाई देखेर आमा हाँस्नुभयो”, यसी भन्छिन्।

तर, अरुलाई हँसाउने काम त्यति सजिलो थिएन। उनको भिडियो हेरेर हाँस्नेसँगै गाली गर्ने पनि त्यत्तिकै थिए। गाली गर्नेलाई गाली नै गर्थिन्। तर, विस्तारै बुझ्दै गइन्, “युट्युब भनेको भित्ताको ऐना हो, जसमा ढुंगा हान्दा रहँदैन।”

yashi2यसीले नेपालको राजनीति र बेथितिलाई व्यंग्य गरेर बनाएको ‘क्या बेइज्जत’, ‘ड्याडको राजनीति’, ‘सुरेशसँग चिया’, ‘निखिल्स बर्थडे’ जस्ता कमेडी युट्युबमा राम्रै रुचाइएका छन्। उनी अभिनय मात्र गर्दिनन् स्रिा प्ट पनि आफैं लेख्छिन्। होम इकोनोमिक्समा स्नातकोत्तर अध्ययनरत यसी सम्पादन पनि आफैं गर्छिन्।

yashi3तर, परदेशमा बसेर यी सबै काम गर्न पटक्कै सजिलो छैन। साँघुरो स्टुडियो, सानो टीम, सीमित स्रोतसाधन र समय अभाव उनले खूबै झेलेकी छन्। भन्छिन्, “हेर्दा सजिलो जस्तो देखिन्छ, तर, बाह्र मिनेटको भिडियो खिच्न हामीलाई बाह्रै बज्छ।”

‘सुरेशसँग चिया’ सुटिङताका उनलाई ढाका टोपी चाहियो। बल्लतल्ल अनलाइन अर्डर गरेर नेपालबाटै झिकाइन्। नेपाली समुदाय कम हुनु पनि उनका लागि चुनौती हो। त्यसकारण उनका प्रायः भिडियोमा पात्र दोहोरिरहन्छन्।

धेरै पात्रको भूमिकामा यसी आफैं देखिनुमा पनि यही बाध्यता छ। यसीको च्यानलमा कमेडी भिडियोसँगै ब्युटी टिप्स, डान्स, फेशन टिप्स, भीब्लग पनि छन्। तर, उनका कमेडी भिडियो नै बढी रुचाइएका छन्।

समस्याको थुप्रो भए पनि उनलाई अब यही काममा रमाइलो लाग्न थालेको छ। “खाडी राष्ट्रमा दुःख पाइरहेका नेपाली दाजुभाइ मेरो कमेडी हेरेर एकछिन भए पनि रमाउँछन् रे, सुन्दा खुशी लाग्छ। उनीहरूकै लागि पनि भिडियो बनाइरहन्छु”, प्रतिबद्ध यसी भन्छिन्।
सजना बराल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>