थप समाचारमंगलबार, फाल्गुण ५, २०७१
साझा यातायातको रुट विस्तार: स्वयम्भूदेखि पशुपतिसम्म
साझा यातायातले काठमाण्डौं उपत्यकामा नयाँ रुट विस्तार गरेको छ ।
साझाले ५ फागुनदेखि उपत्यकाको स्वयम्भूदेखि पशुपतिनाथ रुटमा यातायात सञ्चालन गरेको हो ।
धार्मिक एवम् पर्यटकीय महत्वका स्वयम्भूनाथ र पशुपतिनाथलाई एकापसमा जोड्नु आवश्यक भएको साझा यातायातले जनाएको छ ।
साझाले कलङ्की–त्रिपुरेश्वर–एयरपोर्ट रुटलाई विस्तार/परिमार्जन गरी स्वयम्भू–कलङ्की–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–जमल–कमलपोखरी–गौशाला हुँदै एयरपोर्टसम्म पुर्या्एको हो ।
हालको परिमार्जनबाट त्रिपुरेश्वरदेखि तिनकुनेखण्डमा रहेका सेवाग्राही यात्रुहरुमा पर्न गएको असुविधाप्रति साझा यातायातले क्षमा याचना गर्दै निकट भविष्यमा साविक रुटमा साथै उपत्यकाका अन्य सहरी रुटमा समेत सेवा विस्तारको योजनामा रहेको जनाएको छ ।
बैशाख २०७० देखि काठमाडौँ उपत्यकाका उत्तर–दक्षिण र पूर्व–पश्चिमका दुईवटा ट्रङ्क रुटमा साझा यातायातले सेवा पुर्याउँदै आएको छ ।