Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लामिछानेलाई भारतीय राष्ट्रपतिद्वारा पदक - Himalkhabar.com

थप समाचारमंगलबार, फाल्गुण ५, २०७१

लामिछानेलाई भारतीय राष्ट्रपतिद्वारा पदक

हिमालखबर

shree_ram_lamichhane_member_imagelargeभारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल स्काउटका पूर्व प्रमुख एवम् विश्व स्काउटका एशिया–प्रशान्त क्षेत्रीय समितिका प्रथम उपाध्यक्ष श्रीराम लामिछानेलाई भारतीय स्काउटको सर्वोच्च पदकले विभूषित गरेका छन् ।

राष्ट्रपति मुखर्जीले ४ फागुनमा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत स्काउट तथा गाइड्स एसोसिएसनको सर्वोच्च पदक सिल्भर एलिफेन्ट (चाँदीको हात्ती) बाट विभूषित गरेका हुन् ।

उनले एशिया–प्रशान्त क्षेत्रमा स्काउटको विकासमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान प्रदान गरिएको भारतीय स्काउटले जनाएको छ ।

सिल्भर एलिफेन्ट स्काउटको उच्च पदक हो र यो पदक पाउने लामिछाने पहिलो नेपाली हुन् । उनले यसअघि पनि एशिया तथा प्रशान्त क्षेत्रका विभिन्न देशबाट यस्ता उच्च पदक प्राप्त गरेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>