थप समाचारमंगलबार, फाल्गुण ५, २०७१

सुशासनका लागि नागरिक खबरदारी जरुरीः मुख्य सचिव पौडेल

हिमालखबर

lilamaniनेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले गलत काम गर्नेलाई नागरिक स्तरबाट खबरदारी नगरिएसम्म सुशासन स्थापित हुन गाह्रो हुने बताएका छन् ।

५ फागुनमा गृह जिल्ला गुल्मी आईपुगेका पौडेलले जिल्ला कृषि विकास कार्यालय गुल्मीले बलेटक्सारमा आयोजना गरेको कार्यक्रममा बोल्दै भने, “सुशासन ल्याउनका लागि तपाइँहरु सबैभन्दा बढी चलाख हुनुपर्दछ ।”

पौडेलले जुन देशको नागरिकले गलत काम गर्नेलाई खवरदारी गर्न सक्दैनन् त्यस देशमा सुशासनको कल्पना गर्न नसकिने बताए ।

उनले सरकारले प्रदान गर्ने हरेक सेवालाई प्रभावकारी बनाउनका लागि स्थानीय जनताको सहयोग चाहिने भन्दै थपे, “यदी कोही सरकारी कर्मचारीले गल्ती गर्छ भने कमेन्ट गर्नुुुुस ।” उनले कर्मचारीलाई प्रयोग गरेर आफुले पनि नाजायज फाईदा नउठाउन स्थानियलाई आग्रह गरेका थिए ।

सोही अवसरमा पौडेलले कृषि क्षेत्रमा देखिएका विचौलियालाई रोक्नका लागि उपभोक्ता र उत्पादक बीच प्रत्यक्ष सम्बन्ध हुनुपर्ने बताए ।

गुल्मी जिल्लामा पहिलो पटक सदरमुकाम बाहिर बलेटक्सार गाविसमा पुगेको ल्याण्डलाईन टेलिफोनको उद्घाटन् गर्दै पौडेलले नेपाल टेलिकमको सेवा गुणस्तरीय नभएको भन्दै गुनासो गरे । भने, “पाल्पाबाट गुल्मी आउदाँ कुनै पनि ठाउँमा फोन लाग्दैन ।”

गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>