Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोदीको सुट लिलामीमा, एक करोडको बोली लाग्यो - Himalkhabar.com

थप समाचारबुधबार, फाल्गुण ६, २०७१

मोदीको सुट लिलामीमा, एक करोडको बोली लाग्यो

हिमालखबर

modiभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गरेका उपहारहरुको लिलामीका क्रममा उनको सुटका लागि एक करोडको बोली लागेको छ ।

अमेरिकी राष्ट्रपति बराक ओबामा भारत आएका बेला मोदीले लगाएपछि चर्चामा आएको उक्त सुटमा सुनौला धागोले नरेन्द्र दामोदारदास मोदी लेखिएका धर्काहरु छन् । करिब १० लाख भारु लागतमा तयार पारिएको भनी सञ्चारमाध्यममा चर्चामा आएको उक्त सुट मोदीलाई एक व्यापारीले उपहार दिएका थिए ।

गुजरातको सुरतमा नरेन्द्र मोदीले प्राप्त गरेका ४५५ वस्तुहरुको प्रदर्शनी चलिरहेको छ । तीन दिन चल्ने उक्त प्रदर्शनीमा तेस्रो दिनको अन्तिम समयसम्ममा बढी मूल्य कबोल गर्नेले त्यहाँ रहेका सामान प्राप्त गर्नसक्नेछ । लिलामीबाट प्राप्त रकम गंगा नदी सफाई अभियानमा उपयोग गरिने बताइएको छ ।

यसैबीच मोदीलाई उक्त सुट ‘गिफ्ट’ गर्ने व्यापारी रमेश भिकाभाई विरानीले सुटको वास्तविक मूल्य कति हो भन्ने आफ्ना छोराले बुझेको बताएका छन् । उनले भने, “यो सुट पिएमले मेरो छोराको विहेका दिन लगाएका थिए, त्यो भन्दा ठूलो मूल्य अरु के हुन सक्छ ।”
एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>