थप समाचारबुधबार, फाल्गुण ६, २०७१

नेविसंघको महाधिवेशन प्रतिनिधिको नामावली टुंग्यो

हिमालखबर

नेपाल विद्यार्थी संघले महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाई पार्टी नेतृत्वलाई बुझाएको छ ।

नेविसंघले प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधान मन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशी र सङ्गठन विभाग प्रमुख आनन्द ढुङ्गानालाई संयुक्त रुपमा प्रतिनिधिको नाम बुझाएको हो ।

नेविसङ्घका कार्यवाहक अध्यक्ष मनहरि श्रेष्ठले विवादित जिल्ला र क्याम्पसको केन्द्रीय प्रतिनिधिलाई खटाएर गराएको अधिवेशनलाई नै मान्यता दिई प्रतिवेदन पेस गरेको बताए ।

नेविसंघको विधि र विधानको आधारमा गरिएको प्रतिनिधि छनोटलाई आधिकारिक मानेका छौँ ।” नेविसङ्घले विभिन्न जिल्ला र क्याम्पसको तीन हजार ६८ जनाको नामावली पेस गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>