थप समाचारबुधबार, फाल्गुण ६, २०७१

नेपालका पहिलो एफआरसिएस प्रा डा रिजालको निधन

हिमालखबर

 

वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ एवम् नेपालका पहिलो एफआरसिएस (फेलो अफ रोयल कलेज अफ सर्जरी, बेलायत) प्राध्यापक डा जिष्णु रिजालको ८४ वर्षको उमेरमा ६ फागुनमा निधन भएको छ ।

रिजाल बेलायतबाट एफआरसीएस गरेपछि नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने पहिलो नेपाली चिकित्सक पनि हुन् ।

बेलायतबाट विशेषज्ञ चिकित्सकसम्मको उपाधि लिएका उनले सन् १९६६ मा वीर अस्पतालबाट सेवा शुरु गरेका थिए । सन् २००० पछि नेपाल मेडिकल कलेजमा प्राध्यापन गर्दै आएका उनी उक्त कलेजका संस्थापकसमेत हुन् ।

उपचारका लागि ओम अस्पतालमा भर्ना भएका डा. रिजालको उपचारका क्रममा निधन भएको हो ।

स्व. रिजालका श्रीमती र दुई छोरा छन् । उनका छोरा डा अञ्जन रिजाल नेपाल मेडिकल कलेजका उपप्रमुख हुन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>