Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सिमरामा पाँच दिनदेखि आन्दोलन - Himalkhabar.com

थप समाचारबिहीबार, फाल्गुण ७, २०७१

सिमरामा पाँच दिनदेखि आन्दोलन

हिमालखबर

सिमरामा बीच सडकमा बसेर यातायात अवरुद्ध पारिंदै । तस्वीर: श्याम गुप्ता

सिमरामा बीच सडकमा बसेर यातायात अवरुद्ध पारिंदै । तस्वीर: श्याम गुप्ता

कलैयामा गरिएको आन्दोलनको दबाबमा सिमरामा मालपोत, नापी र भूमिसुधार कार्यालय स्थापना गर्ने निर्णय सरकारले फिर्ता लिएपछि आन्दोलित सिमराबासीले ८ फागुनदेखि आमहडतालको घोषणा गरेका छन् ।

वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा पर्ने बाराको सिमरासहित आसपासका १२ गाविसका वासिन्दाले सिमरामा मालपोत, नापी तथा भूमिसुधार कार्यालयको शाखा स्थापना गर्न माग गर्दै पाँच दिनदेखि आन्दोलन भइरहेको छ ।

सरकारले एकीकृत सेवा केन्द्रको अवधारणा अनुसार सिमरामा मालपोत, नापी र भूमिसुधार कार्यालय स्थापना गर्ने निर्णय गरेपछि कलैयाबासीले त्यसको विरोधमा आन्दोलन थालेका थिए भने आन्दोलनको दबाबमा सरकारले आफूले गरेको निर्णय फिर्ता लिएको थियो ।

आन्दोलनकारीले ७ फागुनमा सिमरा बजार पूर्ण बन्द गर्नुका साथै राजमार्ग समेत अवरोध गरेका थिए ।

आन्दोलनका कारण सिमरा बजार पूर्ण रुपमा बन्द हुनुुका साथै राजमार्ग अवरुद्ध भएपछि बिभिन्न स्थानका यात्रुहरु पैदल नैं गन्तब्य तर्फ जान बाध्य भएका छन् ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>