थप समाचारबिहीबार, फाल्गुण ७, २०७१
अम्बर गुरुङ अस्पताल भर्ना
वरिष्ठ संगीतकार अम्बर गुरुङ विरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
नेपाल नाट्यकला प्रतिष्ठानका उपकुलपतिसमेत रहेका गुरुङ ७ फागुनमा आफ्नै निवासमा एक्कासी लडेपछि उनलाई धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।
केही वर्षदेखि पार्किन्सन्स र मधुमेहबाट पीडित गुरुङको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।
गुरुङको अवस्था अत्यन्त चिन्ताजनक नभए पनि उनको स्वास्थ्य अवस्थाबारे थप परीक्षणपछि मात्रै केही भन्न सकिने अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>