खेलकुदशुक्रबार, फाल्गुण ८, २०७१

विश्वकप क्रिकेटः न्यूजिल्याण्डको शानदार जीत

हिमालखबर

तस्वीर: crinfo बाट साभार

तस्वीर: cricinfo बाट साभार

विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको ८ फागुन विहान भएको खेलमा न्युजिल्याण्डले इंल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको इंल्याण्डले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो । इंल्याण्डका व्याट्सम्यान जोय रुटले ७० बल खेल्दै सर्वाधिक ४६ रन बनाए पनि ७ व्याट्सम्यान दोहोरो अंक नबनाई पेभेलियन फर्केपछि न्युजिल्याण्डले झिनो लक्ष्य पाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले १२.२ ओभरमा दुई विकेट गुमाउँदै १२४ रनको लक्ष्य सहजै भेट्टायो । न्युजिल्याण्डका टिम सोथीले ९ ओभर बलिङ गर्दै ३३ रन खर्चेर ७ विकेट लिए ।

कप्तान ब्रेनडन म्याकुलमले ४० बलमा ७७ रन जोडी टिमलाई विजयउन्मुख बनाएका थिए । उनले ८ चौका र ७ छक्का प्रहार गरे ।
न्युजिल्याण्ड आफ्ना सबै तीन खेल जित्दै समूहको शीर्ष स्थानमा रहेको छ भने इंल्याण्डले दुवै खेल गुमाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...