Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हङकङ र मकाउमा किम्फ - Himalkhabar.com

थप समाचारशुक्रबार, फाल्गुण ८, २०७१

हङकङ र मकाउमा किम्फ

हिमालखबर

kimf_cover

सुनाकली

नेपालमा वर्षेनी आयोजना हुने अन्तराष्ट्रिय फिल्म महोत्सव (किम्फ) मा उत्कृष्ट भएका वृत्तचित्रहरू अबदेखि हङकङ र मकाउमा प्रर्दशन हुने भएका छन् ।

राजधानीमा प्रत्येक वर्षको डिसेम्बरमा आयोजना हुने किम्फ यस वर्षदेखि प्रत्येक फेब्रुअरीमा हङकङ र मकाउमा पनि आयोजना हुने भएको छ– ‘ट्राभलिङ किम्फ’का रुपमा ।

यसवर्ष हङकङमा २१ र २८ फेब्रुअरीमा र मकाउमा २३ फेब्रुअरीमा दर्शकले किम्फका उत्कृष्ट वृत्तचित्रहरू हेर्न पाउनेछन् ।

यसपटकको ‘ट्राभलिङ किम्फ’मा नेपाली पानोरामा अन्तर्गत उत्कृष्ट भएका ‘सुनाकली,’ ‘पवन,’ ‘पुण्टेको पाङ्ग्रो’ र अघिल्लो वर्षका उत्कृष्ट मध्येबाट ‘जर्नी टु यार्सा’ सहितको अढाई घण्टाको प्याकेज प्रस्तुत गरिने छ । हङकङस्थित नेपाली महावाणिज्य दुतावासले २८ फेब्रुअरीमा गर्ने विशेष प्रर्दशनीमा भने ‘शेर्पा द ट्र्यु हिरोज अफ माउण्ट एभरेष्ट’ देखाइने छ ।

हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फलाई हङकङमा एभरेष्ट मिडिया लिमिटेड र मकाउमा गोर्खा एकता इण्टरनेशनले स्थानीय स्तरमा सह–आयोजना गर्ने भएका छन् ।

हङकङमा जोर्डनस्थित पाकिस्तानी क्लबमा २१ फेब्रुअरीमा ३ र ७ दुई शो हुनेछन् भने मकाउस्थित एम्पेरर होटलको हलमा २३ फेब्रुअरी साँझ ५ बजेदेखि प्रर्दशन शुरु हुनेछ ।

महावाणिज्य दुतावासले भने विदेशी कुटनीतिज्ञहरूका लागि विशेष प्रर्दशनीको आयोजना गर्ने भएको हो ।

हङकङमा किम्फ आयोजक

हङकङमा किम्फ आयोजक

किम्फका अध्यक्ष तथा आयोजक हिमाल एसोशिएसनका कार्यकारी निर्देशक बसन्त थापाको उपस्थितिमा सम्पन्न हुने किम्फको हङकङ र मकाउ प्रर्दशनीको संयोजन डम्बरकृष्ण श्रेष्ठले गरिरहेका छन् ।

एभरेष्ट मिडियाका सम्पादक÷प्रकाशक किसन राईका अनुसार अबदेखि हरेक वर्ष किम्फलाई एभरेष्ट मिडियाले वार्षिक महोत्सवको रुपमा नियमित गर्नेछ ।

महावाणिज्य दुतावासका वाणिज्य दुत मुदिता बज्रचार्यले हङकङमा रहेका अन्य देशका विदेशी कुटनीतिज्ञ तथा सरकारका अधिकारीहरू माझ नेपाल र नेपाली जनजीवनबारे जानकारी दिन किम्फ महत्वपूर्ण हुने बताए ।

अरु देशका दुतावासहरूले जस्तै नेपाली महावाणिज्य दुतावासले यस वर्षबाट हिमाल एशोसिएसनसँग मिलेर किम्फको विशेष प्रर्दशनी गर्न लागेको हो ।

महावाणिज्य दुत महेश दाहालले किम्फको यस्तो विशेष प्रर्दशनी हरेक वर्ष गर्न आफुले पहल गर्ने बताए ।

करिब सय भन्दा बढी देशहरूका डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू छनोट गरेर प्रर्दशनी गरिने किम्फ नेपालमा हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सव हो ।

विगत १२ वर्षदेखि नियमित हुँदै आएको किम्फ ‘घुम्ती किम्फ’का रुपमा देशका विभिन्न शहरहरूमा समेत प्रर्दशनी हुने गर्छ । देश बाहिर भने ‘ट्राभभलिङ किम्फ’का रुपमा हङकङ र मकाउबाट शुरु हुने भएको छ ।

पुन्टेको पाङ्ग्रो

पुन्टेको पाङ्ग्रो

किम्फमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् । यसपाली २९ मंसीरमा काठमाडौंमा सम्पन्न १२औं संस्करणमा अन्तर्राष्ट्रिय र नेपाल पानोरामा गरी दुई प्रतियोगितात्मक खण्डमा छुट्याइएको थियो ।

साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैंगिकता, भूमण्डलीकरण र बसाइँसराइ जस्ता विषयका २० देशका ७५ फिल्म किम्फमा देखाइएका थिए ।

किम्फका उत्कृष्ट
यसपटक फ्रान्सेली डकुमेन्ट्री डेज अफ तराप लाई सर्वोत्कृष्ट फिल्म घोषित भएको थियो । हर्भ टिबरगेनद्वारा निर्देशित डोल्पाको इतिहासदेखि आधुनिकतासम्मको कुरा उठाइएको यो फिल्मले १५०० अमेरिकी डलर, ट्रफी र प्रमाणपत्र हासिल गरेको थियो ।

यसैगरी, दोस्रोे भएको इटालीको टिज्स द्याट वाक ले १००० डलर र तेस्रो भएको जर्मनीको द केभ कनेक्सन ले ५०० डलर पुरस्कार पाएका थिए ।

गत मंसीरमा सम्पन्न पाँचदिने किम्फमा सञ्चारकर्मी भोजराज भाटको डकुमेन्ट्री सुनाकली ले जुरी छनोट र इसिमोड अवार्ड गरी दुई विधामा उत्कृष्ट भएर १००० डलर पुरस्कार पायो । यसमा जिल्ला बाहिर समेत पुगेर फुटबल जित्ने मुगुकी १४ वर्षीया सुनाकली र उनको टिमको उत्साह समेटिएको छ । यसैगरी, सचिन घिमिरेको पुन्टेको पांग्रो नेपाल पानोरामातर्फको उत्कृष्ट फिक्सन भयो भने लक्ष्य वान्तवाको पवन उत्कृष्ट डकुमेन्ट्री । दुवैले अवार्डसहित रु.५०–५० हजार पाए ।

कला संग्रौलाको बुट्टे जामा ले अडियन्स अवार्डको ट्रफी जित्यो भने स्वीकार शाह र मिलनको फिल्म मानिस हराएको सूचना, अंकित केसीको अ थाउजन्ड ड्रिम्स तथा पूजा गुरुङ र विभूषण बस्नेतको द कन्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट ले स्पेशल मेन्सन अवार्ड पाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>