अर्थ/बजारशुक्रबार, फाल्गुण ८, २०७१
विश्व बैंकले नेपाललाई साढे ६ अर्व ऋण दिने
विश्व बैंकले उच्च शिक्षा सुधार परियोजनाका लागि रु छ अर्ब ५० करोड ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।
नेपालमा दक्ष जनशक्ति उत्पादन तथा राष्ट्रिय शिक्षाको आधार तयार गर्न उक्त रकम प्रदान गर्ने निर्णय भएको बैंकको यहाँस्थित कार्यालयले जनाएको छ ।
माध्यमिक शिक्षाको प्रभावकारिता अभिवृद्धि, परीक्षा प्रणाली सुदृढीकरण, आधारभूत शिक्षासेवाबाट वञ्चित विद्यार्थीका निम्ति वित्तीय सहयोग, अध्ययन–अनुसन्धानलगायत शैक्षिक सुधारका निम्ति बैंकको वासिङ्टन डिसीस्थित प्रधान कार्यालयले आजै उक्त रकम स्वीकृत गरेको बैंकको नेपाल कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
