समाचारशुक्रबार, फाल्गुण ८, २०७१
८०,३३७ भुटानी शरणार्थी अमेरिका पुगे (कुन देशमा कती ?)
बितेको आठ बर्षमा करिब ९५ हजार भुटानी युरोप र अमेरिका पुनर्वास भएका छन् ।
पश्चिम झापाको दमकस्थित संयुक्त राष्ट्र संघीय शरणार्थी मामिला सम्बन्धी उच्च आयोगको उपशाखाका अनुसार हालसम्ममा ९४ हजार ९३५जना भुटानी तेस्रो मुलुकमा बसाइँ सरेका छन् ।
यतिका भुटानी शरणार्थी पुनर्वासमा पश्चिमी देश गएपछि अब शिविरमा २२ हजार ७४२ शरणार्थी छन् ।
पुनर्वास भएकामध्ये सर्बाधिक ८० हजार ३३७ जना अमेरिका लगिएका छन् भने अष्ट्रेलियामा पाँचहजार ३२२ जना र क्यानाडामा ६ हजार २१० जना शरणार्थी लगिएका छन् ।
त्यसैगरी डेनमार्कमा ८७४जना, न्युजिल्याण्डमा ९५१ जना, नर्बेमा ५५७ जना , बेलायतमा ३५८ जना र नेदरल्याण्ड्समा ३२६ जनाले बसाइँ सरेका छन् ।
नेपाल र भुटान १ ५पटक वार्तामा बस्दापनि शरणार्थीको घरफिर्तीका लागि भुटान राजी नभएपछि सन २००८को मार्चदेखि भुटानी शरणार्थी पुनर्वासमा तेस्रो देश जान थालेका हुन ।
भुटानी शरणार्थीको पुनर्वासलाई राष्ट्र शरणार्थी मामिला सम्बन्धी उच्च आयोगका अधिकारीहरु बिश्वकै ठूलो र सफल पुनर्वास परियोजना भन्ने गर्दछन् ।
शरणार्थीको पुनर्वास कार्य कहिलेसम्म चालु हुने हो भन्नेचाँहि खुलाइएको छैन ।
गोपाल गडतौला, झापा