खेलकुदशनिबार, फाल्गुण ९, २०७१

विश्वकप क्रिकेटः पाकिस्तान १५० रनले पराजित

हिमालखबर

cricketवेस्टइन्डिजले क्राइस्टचर्चमा खेलिएको विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानलाई १५० रनले हराएको छ ।

यो पाकिस्तानको लगातार दोस्रो हार हो । एडिलेडमा भएको पहिलो प्रतियोगितामा पाकिस्तान भारतसँग पराजित भएको थियो ।

वेस्टइन्डिजले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान ३९ ओभरमा १६० रन बनाउँदै अलआउट भयो ।

बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट देखिएका वेस्टइन्डिजका आन्द्रे रसेल म्यान अफ द म्याच भए ।

पाकिस्तानको निराशाजनक ब्याटिङमा शोएब मकसुद (५०), उमर अकमह ९५९० र शाहिद अफ़रीदी ९२८० मात्रै दुई अंकसम्म पुगे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...