थप समाचारशनिबार, फाल्गुण ९, २०७१

मानसिक सन्तुलन गुमाएकाले आगो लगाउँदा पाँच घर जलेर नष्ट

हिमालखबर

सल्यानको लेखपोखरा गाविस–२ पाखापानी सार्कीगाउँमा ८ फागुन बिहान भएको आगलागीमा पाँच घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

मानसिक सन्तुलन ठिक नभएको भनिएका स्थानीय २७ वर्षीय राजेश सार्कीले स्थानीयबासीको घरमा आगजनी गर्दै हिँडेपछि एकैपटक सबै घरमा आगलागी भएको थियो ।

आगलागीबाट स्थानीय तोरण सार्की, भुपाल सार्की, भेदबहादुर सार्की, पार्वती सार्की र सोही ठाउँकै भुपाल सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय महेन्द्र माविका शिक्षक रोमहर्ष केसीले जानकारी दिए ।

आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, गरगहनालगायत सबै जलेर खरानी भएको प्रहरीले बताएको छ । घटनाबाट रु २० लाखभन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।

घर जलेर खरानी भएपछि पाँच परिवारका करिब दुई दर्जन व्यक्ति विचल्लीमा परेका छन् ।

यसैबीच, आगजनी गर्ने मानसिक सन्तुलन गुमाएका राजेशले स्थानीय जङ्गलमा समेत आगो लगाएका छन्, जसका कारण आगो जङ्गलभरी फैलिएको छ । आगो निभाउन प्रहरी र स्थानीयले प्रयास गरिरहेको भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो लगाउने युवा भने फरार छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>