थप समाचारशनिबार, फाल्गुण ९, २०७१
पाँच मेगावाट विद्युत् थप
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा पाँच मेगावाट विद्युत् थप भएको छ ।
मुलुकमै पहिलो पटक सार्वजनिक निजी साझेदारीमा निर्माण भएको पाँच मेगावाट क्षमताको माथिल्लो हुग्दी जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेपछि विद्युत् थप भएको हो ।
मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न केही सहयोग पु¥याउने उद्देश्यका साथ तोकिएको समयभन्दा चार महिना पहिले नै परीक्षण उत्पादन थालिएको प्रवद्र्धकले जानकारी दिएको छ ।
सरकारी–निजी– सहकारी अवधारणामा निर्माण गरिएको सो आयोजनाको लागत रु ७७ करोड रहेको छ ।
आयोजनाले पाँच मेगावाट विद्युत् ८ फागुनबाट राष्ट्रिय ग्रिडमा जोडेको परियोजनाका कम्पनी सचिव परितोष पौडेलले जानकारी दिए ।
आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग सुक्खायाममा प्रतियुनिट ७ रुपैयाँ ५० पैसा र बर्खामा ४ रुपैयाँ ५० पैसामा विद्युत् खरिद सम्झौता गरेको छ ।
आयोजनाका अनुसार १५ दिनसम्म उत्पादन हुने विद्युत् प्राधिकरणलाई निःशुल्क उपलब्ध गराइनेछ । आयोजनाले केही समयभित्रै स्थानीय र आम नागरिकका लागि शेयर जारी गर्ने जनाएको छ ।
रुरु जलविद्युत् परियोजनाले निर्माण गरेको सो आयोजनामा आयोजना हालसम्मकै सबैभन्दा धेरै ८६२ जना लगानीकर्ताले लगानी गरेका छन् ।
गुल्मीको रुपाकोट खसीमारामा विद्युत् गृह र हरेवामा २० मिटरको बाँध र इन्टेक निर्माण गरिएको सो आयोजना नेपालकै पहिलो नमुना आयोजनाको रुपमा लिइएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् १२ किलोमिटरको प्रसारण लाइनमार्फत प्राधिकरणको गुल्मी वीरबासस्थित सवस्टेसनमा जोडेको छ ।
आयोजनामा क्लिन इनर्जी डेभलपमेन्ट बैंकको नेतृत्वमा कुमारी बैंक, माछापुच्छ्रे« बैंक, भिबोर बैंक र सेन्चुरी बैंकले लगानी गरेका छन् ।
यस्तै प्रवद्र्धकले रु २७ करोड ५० लाख लगानी गरेका छन् ।