थप समाचारआइतबार, फाल्गुण १०, २०७१

चौथो पटक विहारको मुख्यमन्त्री बने नीतीश

हिमालखबर

nitish-kumarजनता दल यूनाइटेडका नेता नीतीश कुमारले भारत बिहार राज्यको मुख्यमन्त्री पदका लागि  चौथोपटक शपथ ग्रहण गरेका छन् ।

कार्यवाहक राज्यपाल केशरीनाथ त्रिपाठीले नीतीशलाई १० फागुनमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । अब उनले २ चैतसम्ममा बिहार विधानसभामा आफ्नो बहुमत साबित गर्नुपर्ने छ ।

केही साताअघि बिहारका निवर्तमान मुख्यमन्त्री जीतन राम मांझीलाई जनता दल यूनाइटेडले मुख्यमन्त्री पदबाट हट्न भनेपछि त्यहाँ राजनीतिक उथलपुथल बढेको थियो । मांझीले मुख्यमंत्रीबाट  हटन अस्वीकार गरेपछि दलले नीतीश कुमारलाई बिहार विधानसभा दलको नेता चयन गर्दै मांझीलाई पार्टीबाट हटाएको थियो ।

जीतन राम मांझीले केही दिनअघि मात्रै राजीनामा गरेका थिए ।

उनले जनता दल यूनाइटेडमाथि आफूलाई मुख्यमन्त्रीका रुपमा स्वतंत्रतापूर्वक काम गर्न नदिएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>