Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बालकृष्ण ढुंगेलविरुद्ध अर्को ज्यान मुद्दा - Himalkhabar.com

थप समाचारसोमबार, फाल्गुण ११, २०७१

बालकृष्ण ढुंगेलविरुद्ध अर्को ज्यान मुद्दा

हिमालखबर

Dhungel_20150222074221हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका एमाओवादी पूर्वसभासद बालकृष्ण ढुंगेलविरुद्ध अर्को ज्यान मुद्दा पनि दायर हुने सम्भावना बढेको छ ।

ढुंगेलविरुद्ध ओखलढुंगाका गणेशकुमार श्रेष्ठको हत्या भएको जाहेरीमाथि कारबाही अगाडि नबढाउनुको लिखित कारण पेस गर्न अदालतले प्रहरीलाई आदेश गरेपछि उनीमाथि अर्को मुद्दा थपिने सम्भावना बढेको हो । उज्जैनकुमार श्रेष्ठको हत्या गरेको भनी अदालतले दोषी करार गरेका ढुंगेलले उनीविरुद्ध किटानी जाहेरी गर्न खोज्दा उज्जैनका दाजु गणेशको पनि गोली हानी हत्या गरेको भन्दै १२ वर्षअघि नै श्रेष्ठ परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

तर यतिका वर्ष बितिसक्दा पनि जाहेरीमा कुनै कारबाही अगाडि नबढेको भन्दै श्रेष्ठका आफन्तले फागुन ६ गते पुनरावेदन अदालत जनकपुरमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश सत्यराज गुरुङको एकल इजलासले जिल्ला प्रहरी कार्यालय रामेछापका नाममा आदेश जारी गरेको हो । आदेशमा बाटाका म्यादले १५ दिनभित्र पीडितको जाहेरी दर्ता नगर्नाको कारण लिखित रूपमा बुझाउन भनिएको छ । ढुंगेलले २०५५ असार १० गते ओखलढुंगामा उज्जैनकुमारको हत्या गरेको भन्दै दाजु गणेशले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएको आक्रोशमा श्रेष्ठलाई २०५९ साल मंसिर ६ गते माओवादीले गोली हानी हत्या गरेका थिए ।

हत्याका बखत श्रेष्ठ खेतमा छोरीसहित काम गरिहेका थिए । उनलाई छोरीकै अघिल्तिर गोली ठोकी निर्मम हत्या गरिएको परिवारजनले बताएका छन् । गणेश र उज्जैनका दाजु राजकुमारले ढुंगेलसहित हत्यामा संलग्न टीका सुनुवार, रक्तिम लामा र पहिचान खुल्न नसकेका छ जनाविरुद्ध त्यसै वर्ष रामेछाप प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

तर त्यसमाथि प्रहरीले अनुसन्धान नै अगाडि नबढाएपछि आफूहरू अदालतको शरणमा जानुपरेको गणेशकुमारका छोरा विजय श्रेष्ठले बताए ।

बाबुको हत्या भएको देखेपछि दिदी रचनाले पनि आत्महत्या गरेको र परिवारको बिचल्ली भएको भन्दै विजयले न्यायका लागि आफू अदालतप्रति आशावादी भएको बताए ।

घनश्याम खड्का, कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>