थप समाचारसोमबार, फाल्गुण ११, २०७१

सप्तरीको कंचनपुरमा साधुको हत्या

हिमालखबर

saptariसप्तरीको कंचनरुप नगरपालिकामा १० फागुन साँझ साधुको भेषमा रहेका एक व्यक्तिको हत्या भएकोे छ ।

कंचनरुप–५ स्थित इन्टरनेशनल बोर्डिङ्ग स्कुल छेउमा साधुको भेषमा रहेका व्यक्ति मृत अवस्थामा फेला परेको र उनको कुटपिटबाट हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक उमेश लम्सालले दिएको जानकारी अनुसार अन्दाजी ६० बर्षीय साधुको शवकोे टाउकोमा गहिरो निलडाम रहेकाले कुटपिटबाटै हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

मृतकको सनाखत हुन नसके पनि केही स्थानीयले भने लामो केश र दाह्री भएका उनी त्रिकौलका अघोरी बाबा भएको अनुमान गरेका छन् ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...