थप समाचारसोमबार, फाल्गुण ११, २०७१

धनकुटामा ट्रकको ठक्करबाट बालकको मृत्यु, सडक अवरुद्ध

हिमालखबर

pakhribasधनकुटाको पाख्रिबास–९ घोर्लिखर्कमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

धरानबाट इँटा लिएर भोजपुरतर्फ जाँदै गरेको को १ ख ३८५७ नम्वरको ट्रकले ठक्कर दिंदा पाख्रिबास–८ पञ्चेका ९ बर्षीय सचिन तामाङ्गको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि आक्रोशित स्थानीयवासीहरुले मृतकको शवलाई सडकमै राखेर नारदमुनी–थुलुङ्ग सडक अवरुद्ध पारेका छन् ।

उनीहरुले क्षतिपुर्तिसहित बिभिन्न माग राख्दै ठाउँ–ठाउँमा ढुंगा, मुढा राखेरे हिले–लेगुवा सडक खण्ड अवरुद्ध बनाएका हुन् ।

अवरोधका कारण दर्जनौ सवारी साधन रोकिएका छन् । अहिले उक्त स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक पाँचथर फिदिमका शिवकुमार राईलाई ईलाका प्रहरी कार्यालय पाख्रिबासले नियन्त्रणमा लिएको छ ।
सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...