रमझमसोमबार, फाल्गुण ११, २०७१

ओस्कारः ‘बर्डम्यान’ सर्वश्रेष्ठ फिल्म

हिमालखबर

बर्डम्यानले सर्वश्रेष्ठ फिल्मको ओस्कार प्राप्त गरेको छ ।

बर्डम्यानले सर्वश्रेष्ठ फिल्मको ओस्कार प्राप्त गरेको छ ।

यस वर्षको ओस्कार अवार्ड फिल्म ‘बर्डम्यान’ ले पाएको छ । बर्डम्यानका लागि एलेहान्द्रो गोन्जालेज इनयारिटूले सर्वश्रेष्ठ निर्देशकको ओस्कार प्राप्त गरे भने बेस्ट पिक्चर अवार्ड र बेस्ट ओरिजिन स्क्रिनप्लेको अवार्ड पनि बर्डम्यानले नै हात पार्‍यो ।

वैज्ञानिक स्टीफन हकिंग्सको जीवनमा आधारित फिल्म ‘द थियरी अफ एभ्री थ्रिंग’ का लागि एडी रेडमायनले सर्वश्रेष्ठ अभिनेताको ओस्कार पुरस्कार पाएका छन् भने ‘स्टिल एलिस’ मा आफ्नो दमदार भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेत्रीको ओस्कार जुलियन मुरले जितेकी छन् ।

redmayne

एडी रेडमायन सर्वश्रेष्ठ अभिनेताको ‌ओस्कार जितेपछि ।

फिल्ममा जुलियन डाक्टर एलिको भूमिकामा छन् जो आफैं अल्जाइमर्ससँग जुधिरहेकी हुन्छिन् ।

‘ब्वायहुड’ का लागि पेट्रिशिया आर्केटले सर्वश्रेष्ठ चरित्र अभिनेत्रीको पुरस्कार पाइन । फिल्ममा आर्केटले एकल आमाको भूमिका निर्वाह गरेकी छन् ।

सर्वश्रेष्ठ अभिनेत्री जुलियन मुर ।

सर्वश्रेष्ठ अभिनेत्री जुलियन मुर ।

त्यसैगरी सर्वश्रेष्ठ चरित्र अभिनेता छानिए जेके सिमन्स फिल्म ‘व्हिपलेश’ का लागि ।

सर्वश्रेष्ठ एनिमेटेड फिल्मको ओस्कार डिजनीको ‘बिग हिरो ६’ ले प्राप्त गरेको छ भने विदेशी फिल्मका लागि सर्वश्रेठ फिल्म पुरस्कार पोल्याण्डको ‘इडा’ ले पाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>