थप समाचारसोमबार, फाल्गुण ११, २०७१
दास युगकालीन चेतना अन्त्य भएनः रामकुमारी झाँक्री
एमाले नेतृ रामकुमारी झाँक्रीले दिनदिनै भइरहेको महिला हिंसाका घटनाले दास युगकालीन चेतनाको झल्को दिएको बताएकी छिन् ।
अनेरास्ववियु महिला विभाग तथा रचनात्मक विभागले काठमाडौंमा निकालेको र्यालीलाई सम्बोधन गर्दै झाँक्रीले काठमाडौंमा १० फागुनमा दुई किशोरीमाथि भएको एसिडले आक्रमण गर्नुलाई दास युगको चेतना भनेकी हुन् ।
उनले भनिन्, ‘‘२१ औं शताव्दीको समयमा पनि यस्ता घटना हुनुलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ ।’’
अनेरास्ववियुले काठमाडौंमा भएको एसिड आक्रमणलगायतका घटनाहरुको विरोधमा भृकुटी मण्डपमा माैन र्याली निकालेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>