थप समाचारमंगलबार, फाल्गुण १२, २०७१

बोक्सो भन्दै साधुको हत्या गर्ने तीन जना पक्राउ

हिमालखबर

1तीन दिन अघि सप्तरीको कंचनरुप नगरपालिका–५ मा साधुको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१० फागुन साँझ त्रिकौल–१ का ६० वर्षीय साधु जोखन खंगको हत्या भएको थियो । उनको टाउकोमा लाठीले प्रहार गरी हत्या गर्ने एकै परिवारका दाजुभाईसहित तीन जनालाई प्रहरीले १२ माघमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कंचनरुप–५ का आशाराम खत्बे र १८ बर्षीय देवकुमार खत्बे तथा सोही ठाउँका १७ बर्षीय सन्तोष मण्डल छन् ।

उनीहरुलाई लोहजारा–२ स्थित चलितर मण्डलको घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक उमेश लम्सालले बताए ।

पक्राउ परेका खत्बे दाजुभाईले साधु जोखनले बोक्सा लगाएर आमालाई मारेको तथा पितालाई रोगी बनाएकाले हत्या गरेको बयान दिएका छन् ।

“बोक्सो लगाएकाले उनलाई कुटपिट गर्दा ज्यान गएको दुबै दाजुभाईले स्वीकारेका छन्” प्रहरी निरीक्षक लम्सालले भने, “यसबारे थप अनुसन्धान भइरहेको छ ।”

पक्राउ परेका तीनै जनाबिरुद्व कर्तव्य ज्यान मुद्दा चलाइने लम्सालले बताए ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...