थप समाचारबुधबार, फाल्गुण १३, २०७१

नयाँ जहाजको दिल्ली उडान स्थगित

हिमालखबर

नेपाल वायुसेवा निगमको नयाँ जहाजले आजदेखि भारतको नयाँदिल्ली उडान सुरु गर्ने भनिपनि भारतीय आकाशमा उडानका लागि अनुमति आइनसकेकाले स्थगित भएको छ ।

नयाँ जहाजले पहिलो व्यावसायिक उडान नयाँ दिल्लीमा पुनः उडान सुरु गर्ने तयारी गरेको तर अनुमति आइनसकेको हुनाले स्थगित हुन गएको हो ।

निगमका प्रवक्ता रामहरि शर्माले भारतीय उडान अनुमति आउन बाँकी भएकाले आजको उडान स्थगित गरिएको र बेलुकासम्म अनुमति आउने बताए । भारतीय पक्षबाट उडान अनुमति प्राप्त भएपछि १५ फागुनदेखि उडान सुरु गरिने बताए ।

निगमका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडादर नेपालीका लागि रु सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा तोकिएको छ । निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।

हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज (सगरमाथा) नेपाल भित्र्याएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>