Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘भ्वाइसेज’मा सेट्टी - Himalkhabar.com

रमझमबुधबार, फाल्गुण १३, २०७१

‘भ्वाइसेज’मा सेट्टी

हिमालखबर

-सजना बराल

settiभारतीय दुतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले आयोजना गर्दै आएको ‘भ्वाइसेज’ श्रृंखलामा यो पटक भारतका प्रख्यात कवि, मनोहर सेट्टी उपस्थित भएका थिए ।

११ फागुनमा न्यूरोडस्थित नेपाल–भारत पुस्तकालयमा आयोजित भ्वाइसेजको २४ औं श्रृंखलामा कवि सेट्टीले आफुले लेख्ने कविताबारे धारणा राखे ।

प्रायः कृतिमा जनावरका विम्ब राख्ने उनले आफ्नो यस्तो लेखनले समाज र मानिसको मानसिकता केलाउने गरेको बताए । “डी.एच लरेन्सले पनि जनावरलाई विम्ब बनाएर थुप्रै कृती लेखेका छन्,” सेट्टीले भने, “म उनको शैलीको प्रशंसक हुँ ।”

भारतको अंग्रेजी साहित्यमा सेट्टी कहलिएका कवि हुन् । उनका थुप्रै आधुनिक कविताहरू अमेरिका र बेलायतमा प्रकाशित छन् भने इटाली, फिनिस, जर्मनीजस्ता भाषामा अनुवाद पनि गरिएका छन् ।

उनले आफ्ना केही चर्चित कविता वाचन गर्दै हाल भारतमा लोकप्रिय काव्य शैलीबारे बोले । “अंग्रेजी कविताको बजार निकै सुधारिएको छ”, उनले भने, “महिला कविको संख्या पनि बढेको छ ।” दर्शकसँगको छलफलसँगै कार्यक्रम टुंगिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>