थप समाचारबुधबार, फाल्गुण १३, २०७१

महेश बस्नेतलाई स्पष्टीकरण साेधिने

हिमालखबर

yyyyयुवा संघ नेपालभित्रको विवाद चर्किदै जाँदा बरिष्ठ उपाध्यक्ष दिल पन्त नेतृत्वको समूहले संघका अध्यक्ष एवम् उद्योगमन्त्री महेश बस्नेत, उपाध्यक्ष निरुपाल, महासचिव राजिब पहारीसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

११ र १२ फागुनमा बसेको संघको पाँचौ पूर्ण बैठकले स्पष्टीकरण साेध्ने निर्णय गरेकाे १३ फागुनमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पन्तले जानकारी दिइन् ।

उद्योगमन्त्री बनेका संघका अध्यक्ष बस्नेतले मनोमानी ढंगले उपाध्यक्ष निरुपाललाई अध्यक्ष बनाउने निर्णय लिएपछि विरोधमा उत्रिएका पन्त समूहको निर्णय सच्याउनु पर्ने मागको बेवास्ता गरेपछि उनीहरु स्पष्टिकरण सोध्ने निर्णयमा पुगेका हुन ।

बैठकले २१ माघमा स्वेच्छाचारी निर्णय केन्द्रीय समितिबाट सच्याउनुको साटो अनुमोदन गरेकोले त्यसका विरुद्ध आगामी ७ र ८ चैतमा काठमाडौमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय समेत गरेको छ ।

बैठकले राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्न संघका बरिष्ठ उपाध्यक्ष दिलु पन्तको संयोजकत्वमा केन्द्रीय कमिटिका सचिवहरु, केन्द्रीय सदस्यहरु, लेखा र अनुशासन समितिका सदस्यहरु, अञ्चल अध्यक्ष, केन्द्रीय विभागका सचिवहरु रहेको मुल ब्यवस्थापन समिति गठन गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>