थप समाचारबिहीबार, फाल्गुण १४, २०७१

हुमागाईलाई नेपाल टेलिभिजनमा प्रवेश रोक

हिमालखबर

ntvनेपाल टेलिभिजन कर्मचारी संघले संस्थानका महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई दुई दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

वल्र्ड भिजन मिडिया वाईङ हाउस प्रालिले करिब रु ६ करोड बराबरको बैंक ग्यारेण्टी पेस गरेको भनिएको सन्दर्भमा उक्त कागजात नक्कली भएको र त्यसमा महाप्रबन्धकको पनि संलग्नता रहेको आरोपसहित नेपाल टेलिभिजन सञ्चालक समितिले छानबिनका लागि महाप्रबन्धक हुमागाईंलाई निलम्वन गर्ने सिफारिस गरेपछि कर्मचारी संघले कार्यालय प्रवेशमा रोक लगाएको हो ।

यसअघि कर्मचारी सङ्घले विज्ञप्ति जारी गरी निलम्वनको सिफारिस गरेपछि नैतिक रुपमा कार्यालयमा उपस्थित हुन नमिल्ने र छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि कार्यालयमा उपस्थित नभएर छानबिन कार्यमा सहयोग गर्न महाप्रबन्धकलाई आग्रह गरेको थियो ।

कर्मचारी संघको आन्दोलनमा नेपाल पत्रकार महासङ्घ टेलिभिजन प्रतिष्ठान शाखा र नेपाल प्रेस युनियन टेलिभिजन शाखाले ऐक्यबद्धता जारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...